फेडोरा १२ प्रेस विज्ञप्ति

f12launch

फेडोरा लिनक्समा आधारित कम्प्युटर सञ्चालन प्रणाली हो जसले स्वतन्त्र तथा खुल्ला श्रोत सफ्टवेयरको क्षेत्रमा नयाँ भन्दा नयाँ कुराहरूलाई समेट्छ। फेडोरा लिनक्स प्रयोग गर्न, यसमा परिमार्जन गर्न, तथा परिवर्तित वा अपरिवर्तित स्वरूपमा अरुलाई वितरण गर्न जोसुकैलाई स्वतन्त्रता छ। यो विश्वभरि छरिएर एउटा समुदाय — फेडोरा परियोजना — मा सँगै काम गर्ने व्यक्तिहरूले बनाएका हुन्। यसको स्वरुप खुल्ला भएकोले यस परियोजनासँग जो पनि आबद्ध हुन सक्दछ । फेडोरा र स्वतन्त्र तथा खुल्ला
श्रोत सफ्टवेयरमा रुचि राख्ने सबैलाई यस परियोजनामा स्वागत गर्दछौं । तपाईको सामु अब फेडोरा छ – फेडोरासँगै स्वतन्त्र तथा खुल्ला श्रोत सफ्टवेयर तथा खुल्ला विषयवस्तु को विकासमा साथ दिन हामी सबैलाई आह्वान पनि गर्न चाहन्छौँ। फेडोरा योगदानकर्ताहरूको निर्देशन र रेड ह्याट को आर्थिक सहयोगमा चलिरहेका थुप्रै परियोजनाहरुको समूह हो। स्वतन्त्र तथा खुल्ला श्रोत सफ्टवेयरमा उच्च स्तरको गुणस्तर बनाउँदै यसबाट सबैलाई फाईदा हुने सफ्टवेयरहरु उत्पादन गर्ने उद्देश्यले
लागेका धेरै व्यक्तिहरुको समुदाय यस परियोजनाको विकासमा अग्रसर छ। फेडोरा परियोजना को मूल केन्द्र लिनक्समा आधारित सञ्चालन प्रणाली (अपरेटिङ सिस्टम) हो र वर्षको दुईपटक यसको नयाँ सँस्करण विमोचन हने गर्दछ।

हाम्रो नयाँ संस्करण फेडोरा १२ (Constantine) हो यसका प्रमुख विशेषताहरुको लागि https://fedoraproject.org/wiki/Fedora_12_tour वेब-पृष्ठ हेर्नुहोस् ।

तपाईले फेडोरा लिनक्समा भएको त्रुटि (Bugs) हरुको बारेमा फेडोरा परियोजनालाई जानकारी दिएर यस परियोजनालाई सहयोग पुर्याउन सक्नु हुन्छ । यस प्रकारका त्रुटिहरुका बारेमा विशेष जानकारी प्राप्त गर्न http://fedoraproject.org/wiki/BugsAndFeatureRequests हेर्नुहोस् ।

फेडोरा परियोजनाका बारेमा अरु जानकारी प्राप्त गर्नका लागि निम्नलिखित वेब-पृष्ठहरु हेर्नुस:
Fedora Overview (http://fedoraproject.org/wiki/Overview)
Fedora FAQ (http://fedoraproject.org/wiki/FAQ)
Help and Discussions (http://fedoraproject.org/wiki/Communicate)
Participate in the Fedora Project (http://fedoraproject.org/wiki/Join)

फेडोरा परियोजनामा सहभागिताका लागि धन्यवाद ।

फेडोरा कसरी प्राप्त गर्ने?

फेडोरा १२ लाई तपाई फेडोरा परियोजनाको वेब-साईट बाट नि:शुल्क डाउनलोड गर्न सक्नुहुन्छ । फेडोरा १२ डाउनलोड गर्नका निम्ति http://fedoraproject.org/en/get-fedora वेब-पृष्ठ हेर्नुहोस् ।
800px-F12-dvd-sleeve

Creative Commons License
This work, unless otherwise expressly stated, is licensed under a Creative Commons Attribution-Noncommercial-Share Alike 3.0 Unported License.

No Trackbacks

You can leave a trackback using this URL: http://ujjwol.com.np/fedora-12-press-release-nepali/trackback/

One Comment

  1. Guys, forgive me for some formatting errors, I am having really bad time with this wordpress editor.

    Posted November 17, 2009 at 11:08 PM | Permalink

Post a Comment

Your email is never shared.